प्रस, वीरगंज, ६ कात्तिक/

जिल्ला प्रहरी कार्यालय, बाराले मटिअर्वा प्रहरी चौकीले चेकजाँचको क्रममा १४ वटा पोकामा रहेको साढे सात किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–१० बस्ने ४१ वर्षीया लालसादेवी रौनियार रहेकी छन् ।

उनले दुवै तिघ्रामा उक्त परिमाणको चरेस लुकाइछिपाइ भारत लैजाने क्रममा चेकजाँच गर्दा बरामद परेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले लागूऔषध मुद्दा चलाउने जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here