प्रस, बिरुवागुठी, ६ कात्तिक/
पर्सागढी नगरपालिका अन्तर्गत नौवटा वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। वडा नं १ मा राजकपूर खवासको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं २ मा वीरेन्द्र महतोको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
त्यसैगरी, वडा नं ३ मा विष्णुलाल ङ्गको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा नं ४ मा हरिन्द्र राउत कुर्मीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं ५ मा चन्द्रिका मण्डलको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
त्यस्तै वडा नं ६ मा रामनरेश यादवको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं ७ मा नन्दलालप्रसाद कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ।
वडा नं ८ मा रामचन्द्र मण्डलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं ९ मा रामाशिष यादवको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको पार्टीको पर्सागढी नगर संयोजक गोकर्ण पाठकले जानकारी गराए ।