प्रस, रौतहट, ५ कात्तिक/
पूर्वमन्त्री प्रभु साहले जनयुद्ध र हजारौं शहीदको अपमान गरेर कुर्सीको चक्करमा खिचडी संसदीय व्यवस्था खडा गरी देशलाई अन्योलग्रस्त एवं अस्थिरतातर्फ पुष्पकमल दाहाल प्रचण्डले धकेलेको आरोप लगाएका छन् ।
प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा–टुक्रा गरी देशलाई नै अस्थिरताको खाडलमा धकेलेको उनले आरोप लगाए । उनले वर्तमान राजनीतिक सङ्कटको अग्रगामी निकासको लागि क्रान्तिकारीहरूको ध्रुवीकरण अपरिहार्य रहेको बताए ।
उनले अनैतिक, असफल एवं अविश्वसनीय व्यक्तिको नेतृत्वमा कदापि नजाने बताए ।
विभिन्न समाचारमाध्यममा आफू माओवादीमा फर्किने समाचारप्रति पनि उनले आपत्ति जनाए ।