प्रस, वीरगंज, ५ कात्तिक/

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंंडाको टोलीले शुक्रवार वीरगंज महानगरपालिकाको राजस्व शाखा र वडा नं १४ मा अनुगमन गरेको छ । वडा नं १४ मा राजस्व हिनामिना भएको उजूरी परेपछि अख्तियारले केही दिन पहिले छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा केही कागजात नपुगेको भन्दै वडा नं १४ को कार्यालयमा पुगी आवश्यक कागजात लिएर टोली हेटौंडा फर्केको थियो ।

टोली महानगरको राजस्व शाखामा पुगी उजूरीको आधारमा राजस्व दाखिला भएको छ, छैन भन्दै कागजात माग्दा तत्काल कागजात उपलब्ध नभएपछि एक साताभित्र कागजात उपलब्ध गराउन महानगरलाई निर्देशन दिएको थियो ।

समाचार स्रोतका अनुसार वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले राजस्व सङ्कलन गर्ने तर दाखिला नगर्ने गरेको भन्दै किटानी उजूरी अख्तियारमा दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here