सुभा, ५ कात्तिक/सिन्ह्वा
फिजीमा शुक्रवार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसद्ले रातु विलियम कातोनिभेरेलाई राष्ट्रपति निर्वाचित गरेको घोषणा गरेको छ ।
उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन् । कोनौटेले राष्ट्रपतिको दुर्ई कार्यकाल पूरा गरेका छन् । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
संसद्मा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गरेका थिए भने केपाले २३ मत प्राप्त गरेका थिए । संसद्का सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपति निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीका पूर्वअध्यक्षसमेत हुन् । उनले प्रधानमन्त्रीको जिम्मेवारी भने अर्काे महीनादेखि सम्हाल्नेछन् । रासस