नयाँ दिल्ली, ३ कात्तिक/सिन्ह्वा
भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौं व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ ।
यहाँका अधिकारीहरूले मङ्गलवारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् ।
यहाँका मौसमसम्बन्धी विज्ञहरूले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन् । साथै उनीहरूले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् । रासस