राजेश केशरीवाल, रक्सौल, ३१ असोज/

बिहार रक्सौलमा मुख्य सडक निर्माण हुन लाग्दा जामबाट बच्नका लागि पूर्वी चम्पारणका जिला दण्डाधिकारी (डिएम) कपिलशीर्षत अशोकको निर्देशानुसार सडक डिसेम्बरसम्म एकतर्फीरूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

रक्सौलमा निर्माणाधीन मुख्य सडकका कारणमा शहरमा जाम लाग्ने गरेको छ । यस परिस्थितिबाट बच्नका लागि रक्सौलको बाटा चोकदेखि नहरसम्म कस्टमतर्फबाट चार पाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ भने वैकल्पिक सडकको रूपमा स्टेशन रोड हुँदै ब्लक रोड प्रयोगमा ल्याउन आदेश पारित गरिएको छ ।

चाडपर्वको बेला शहरमा निकै जाम हुन सक्ने सम्भावना हुँदा व्यापारीहरूको निवेदनमा उक्त निर्णय गरिएको डिएम अशोकले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here