प्रस, सेढवा, २३ असोज/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले एमालेको दुई तिहाइ बहुमतको सरकारले देशमा अराजकता फैलाएको आरोप लगाएका छन् । उनले देश चलाउन नेपाली काङ्ग्रेस मात्रै सक्षम रहेको दाबी गर्दै आगामी चुनावमा काङ्ग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरे ।
जीराभवानी गाउँपालिका–२ सेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आगामी चुनावमा काङ्गे्रसको बहुमतको सरकार बनाउनका लागि कार्यकर्ताहरूलाई अहिलेदेखि नै सक्रियता बढाउन सुझाए । उनले चुनावलाई लक्षित गर्दै जनसेवामा समर्पित भएर लाग्न कार्यकर्ताहरूलाई अपील पनि दिए ।
नेपाली काङ्ग्रेस जीराभवानी गापाका सभापति दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरी, महासमिति सदस्य वशिष्टनारायण कुर्मी, बृहष्पतिकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति रमेश पाण्डे, प्रदेशसभा सभापति श्रीकान्त यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सरोज चौरसियाले गरेका थिए ।