वाशिङ्टन, २३ असोज/एएफपी

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वाशिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो । यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो ।

अमेरिकी व्यापार प्रतिनिधिले शुक्रवार जारी वक्तव्यमा भनेको छ, “उनीहरूबीचको सोहाद्र्र आदानप्रदानका क्रममा राजदूत ताई र उपप्रधानमन्त्री लिउले द्विपक्षीय व्यापार सम्बन्धको महŒव र यसले संयुक्त राज्य अमेरिका र चीनलाई मात्र नभई विश्व अर्थतन्त्रमा समेत पारेको प्रभावलाई मनन गरेका छन् ।”

यस छलफलबारे चिनियाँ राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले दुई पक्षले ‘व्यावहारिक र रचनात्मक कुराकानीलाई सोहाद्र्रपूर्ण वातावरणमा आदानप्रदान गरेका बताएको छ । वार्तामा दुवै पक्षले आफ्नो मुख्य चिन्ता व्यक्त गरेका र परामर्शद्वारा एकअर्काको वैध चिन्ता समाधान गर्न सहमत भएका सिन्ह्वाले बताएको छ । शुक्रवारको छलफल संयुक्त राज्य अमेरिका र चीनको लागि जिम्मेवाररूपमा व्यवस्थापन गरिएको व्यापारिक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता गर्ने अवसर रहेको एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

चिनियाँ पक्षको गैरबजार नीति र अभ्यासले अमेरिकी श्रमिक, किसान र व्यवसायलाई हानि पु¥याएको अमेरिकी बुझाइ रहेको ताईको भनाइ छ ।

बाइडेन प्रशासनका अनुसार राष्ट्रिय कम्पनीका लागि चीनले आफ्ना उद्यमीलाई उपलब्ध गराएको बृहत् सरकारी अनुदान, बौद्धिक सम्पत्ति चोरी र अन्य कारकले व्यापारिकजगत्मा अत्यधिक असमानता पैदा गरेको देखिएको छ । वाशिङ्टनले अन्यायपूर्ण ठानेका व्यापारिक अभ्यासलाई उद्धृत गर्दै सन् २०१८ मा ३७० अर्ब डलर मूल्यका चिनियाँ उत्पादनमा कर लगाउने निर्णय तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।

धेरै अमेरिकी कम्पनीले ट्रम्प प्रशासनकोे उक्त कदमले लागत बढाएको भन्दै थप कर लिने निर्णयको विरोध गरेका थिए । यसै वर्षको जनवरीमा कार्यभार सम्हालेका बाइडेनले ताईलाई चीनप्रति अमेरिकी व्यापार रणनीति र ट्रम्पले शुरू गरेको करको विस्तृत समीक्षा गर्न आग्रह गरेका छन् ।

यस हप्ता ताईले लक्षित शुल्क रोक्ने प्रक्रियाको थालनी गर्ने घोषणा गरेकी थिइन् । ताईले सद्भावना इशाराभन्दा चीनलाई आपूर्तिको वैकल्पिक स्रोत नभएका अमेरिकी कम्पनीलाई क्रमबद्धरूपमा छुट प्रदान गर्ने कुरा बताइन् ।

अमेरिकी व्यापार वार्ता टोलीले चीनको अमेरिकी सामानमाथिको कर नीतिको बारेमा सार्वजनिकरूपमा जानकारी गराउने कुरा बतायो ।

यो प्रक्रियालाई अक्टोबर १२ देखि डिसेम्बर १ सम्म चलाउने र युएसटिआरले रोजगार, आपूर्ति शृङ्खला र चीनप्रति यसको समग्र नीतिलगायतका कारकमा थप कर र सामान बहिष्कारको प्रभावलाई तौलने कुरा बताएको छ । शुक्रवार ताईले अमेरिकी हितको सर्वोत्तम सेवा गर्ने नीति पछ्याउने बाइडेनको लक्ष्यलाई दोहो¥याएकी थिइन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here