दमस्कस, १८ साउन/सिन्ह्वा
सिरियाली राष्ट्रपति बशर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ। उनीहरूबीच आइतवार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जोर्डनका ती सञ्चारमाध्यमहरूले उनीहरूबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् ।
गएको १० वर्षअघिदेखि सिरियामा युद्ध र नागरिकको ज्यान जाने क्रम जारी छ । यहाँका नागरिकले सिरियाली राष्ट्रपति असदको राजीनामाको माग गर्दै आन्दोलन जारी राखेका हुन् । आन्दोलनका कारण यहाँका चार लाखभन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ ।
लाखौंै नागरिक घाइते भएका छन् । दशौं लाख सर्वसाधारण आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । आइतवारको फोनवार्ताका क्रममा उनीहरूबीच दुई द्विपक्ष्Fीय सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको सिरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस