प्रस, वीरगंज, १७ असोज/

जनता समाजवादी पार्टी नेपाल पर्साले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरुद्धमा जसपा पर्साले शनिवार मशाल जुलुस निकालेको थियो भने आइतवार विरोध प्रदर्शन र सभा गरेर अख्तियारको कारबाई पूर्वाग्रहीपूर्ण भएको बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा घण्टाघरबाट शुरू भएको विरोध प्रदर्शन माईस्थान, आदर्शनगर, घडीअर्वा हुँदै घण्टाघरमा कोणसभा गरी समापन भएको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरूले अख्तियार मुर्दाबाद, सङ्घीयता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा गौरव हुन्लगायतका नारा लगाएका थिए ।

कोणसभामा प्रदेशसभा सदस्य करिमा बेगमले अख्तियारको छापामारी गैरकानूनी भएको बताइन्। उनले विपक्षीबाट प्रभावित भएर अख्तियारले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई बदनाम गर्नका लागि अख्तियारले सुनियोजित षड्यन्त्रले छापामारी गरेको आरोप लगाइन् ।

विरोधसभामा मधेस प्रदेश समिति सदस्य मदनप्रसाद चौहान, समाजवादी मुस्लिमका केन्द्रीय अध्यक्ष मौलाना नुरुल होदा, प्रदेशसभा सदस्य सिंहासन साह कलवार, जसपाका केन्द्रीय सदस्यहरू टेकबहादुर शाक्य, मोहनलाल चौधरीलगायतले अख्तियार पूर्वाग्रही भएको बताए ।

उनीहरूले मधेसी समुदायको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिहरू सहन नसकेर सङ्घीयता मास्न खोजेको आरोप लगाए । भ्रष्टाचारको मुख्य स्रोत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको बताउँदै वक्ताहरूले अख्तियारको संरचनागत परिवर्तन हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्वागत र सचिव तबरेज अहमदले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here