प्रस, सेढवा, १६ असोज/

वर्षाको कारण भदैया धान रोपेका किसानहरूलाई समस्या भएको छ भने अगहनी धान गरेका किसानहरूलाई फाइदा भएको छ ।

पर्सा जिल्लाको उत्तरी भेग ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकामा किसानहरूले भदैया धान रोपका छन् ।

भदैया धान भिœयाउने बेलामा पानी पर्दा किसानहरूलाई समस्या भएको छ । धान भिœयाउनको लागि किसानहरूले ज्यामी तयार गरेको हार्भेस्टर मेशिन ल्याए पनि मौसमको प्रतिकूलताले धान कटानी गर्न सकेका छैनन् ।

तीन दिनदेखि पानी परेको र हावाले धानको बोट ढलेको किसान नागेश्वर चौधरीले बताए ।
गत वर्ष पनि यसैगरी पानी पर्दा भदैया धानखेती प्रभावित भएको थियो । सो वर्ष ४० प्रतिशत धानबालीमा क्षति पुगेको किसानहरूले बताए ।

पानीको कारण तरकारीखेती गरेका किसानहरूलाई समस्या भएको छ । जीराभवानी गापा–१, शान्तिनगर निवासी किसान ऋषिराज सापकोटाले कोभी, भान्टा, रायोलगायत तरकारीखेतीको लागि दुईपटक बीउको बेर्ना राखे पनि पानीले नष्ट पारेको बताए । उनले तेस्रोपटक बेर्ना राखेको बताए ।

भदैया धान र तरकारीखेतीलाई पानीले नोक्सान पारे पनि अगहनी धान गरेका किसानहरूलाई फाइदा पुगेको छ । अगहनी धानको बाला निस्कने बेला भएको र सिंचाइको आवश्यकता पर्दा आकाशे पानी परेकोले किसानहरूलाई फाइदा पुगेको हो ।

यसैगरी, यो पानीले तेलहन रबी बाली, गहँु बाली र सुर्ती बालीका लागि पनि फाइदा पुगेको स्थानीय किसानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here