माधव तिमिल्सिना, ठोरी, असोज १४/
ठोरी–४, विजयबस्तीमा जारी समाजसेवी स्व रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकप फूटबलको छैटौं दिन बिहीवारको खेलमा भरतपुर फूटबल क्लब, चितवन विजयी भएको छ ।
विजयबस्ती खेलमैदानमा आज सम्पन्न खेलमा चितवनले युवा प्रगति समाज सेढवालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ ।
चितवनको तर्फबाट मध्यान्तरअघि गणेश हमालले एक गोल र मध्यान्तरपछि अनिल रानामगरले एक गोल गरेका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ चितवनका गणेश हमाल घोषित थिए ।
भोलिको खेल लालबन्दी–११, सर्लाही र युनाइटेड सिमरा, बाराबीच हुने आयोजकले जनाएको छ ।