चिरञ्जीवी सापकोटा, ठोरी, १४ असोज/

हिन्दूहरूको महान् पर्व विजयादशमीको अवसरमा ठोरी गाउँपालिका–२ को खेलमैदानमा जारी फूटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा अमृत युवा क्लब ठोरी–२ विजयी भएको छ । निर्मलबस्ती फूटबल क्लब ठोरी–४ लाई शून्यका विरुद्ध पाँच गोलअन्तरले पराजित गर्दै अमृत युवा क्लब विजयी भएको हो ।

अमृत युवा क्लबका सिजल गुरुङले पहिलो गोल गर्दै टीमलार्ई अग्रता दिलाएका थिए । मध्यान्तरअघि नै मनीष श्रेष्ठले दोस्रो खेल गरे । मध्यान्तरपछिको खेलमा सिजल गुरुङले लगातार थप दुई गोल गरे भने पाँचौं गोल राज थापाले गरेका थिए । पहेलो खेलको ‘म्यान अफ दी म्याच’ तीन गोल गरेका सिजल गुरुङ घोषित भए ।

दोस्रो खेलमा थ्रीस्टार क्लबले स्वर्ण युवा क्लब सुवर्णपुरलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित ग¥यो ।

थ्रीस्टारका क्षितिज विष्ट र निखिल तामाङले एक/एक गोल गरे भने स्वर्ण युवा क्लबबाट रोहण क्षेत्रीले मात्र एक गोल गर्न सके । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका क्षितिज विष्ट घोषित भए ।

भोलि पहिलो खेल युवा जागृति क्लब ठोरी–२ र युथ युनिटी क्लब ठोरी–२ बीच र दोस्रो खेल चौतारी गढवालाइन ठोरी–५ र निर्मल समाज क्लब ठोरी–१ बीच हुने खेल संयोजक सुनील लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here