प्रस, वीरगंज, १२ असोज/
कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छानबीन शुरू गरेको छ ।
अख्तियारको टोलीले दुई दिनसम्म गापाको कार्यालयमा पुगी विभिन्न योजनाको अनुगमन तथा सोसम्बन्धी केही फाइलहरू लगेको बुझिएको छ । गत आवको असार २० देखि ३१ गतेसम्म भुक्तानी भएका फाइलमा अनियमितता भएको उजूरी परेपछि अख्तियारको टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
टोली छानबीन गर्न गाउँपालिकामा आएको हो ।” |
सो गापासँग अख्तियारले उजूरीसम्बन्धी फाइलहरू माग गर्दा नपठाएपछि टोली आफैं आएर फाइल लगेको बुझिन आएको छ ।
यसबारे वडाध्यक्ष पवन तिवारीसँग बुझ्दा उनले जनताको चित्त नबुझेको विषयमा उजूरी परेकाले अख्तियारको टोली सोही विषयमा छानबीन गर्न गाउँपालिकाको कार्यालयमा आएको बताए । उनले चित्त नबुझेका योजनाहरूको अख्तियारको टोलीले अनुगमन गरेको पनि पुष्टि गरे । चित नबुझेका केही योजनाहरूको टोली आफैंले अनुगमन गरेको वडाध्यक्ष तिवारीले बताए ।