प्रस, वीरगंज, १२ असोज/
वीरगंजको अस्पतालमा बाराका एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले एडभान्स मेडिकेयर अस्पतालमा भर्ना भएका बाराका २० वर्षीय युवक मुस्तफा अन्सारीको मृत्यु भएको बताए ।
अन्सारीको भदौ २५ गते पिसिआर परीक्षण गर्दा सङ्क्रमित देखिएका थिए । उनी एडभान्समा असोज ५ गतेदेखि भर्ना रहेको र असोज ११ गते राति पौने दश बजे निधन भएको डा सिंहले पुष्टि गरे । वीरगंजको अस्पतालमा कोभिड सङ्क्रमितसँगै मृत्युदर पनि घटेको थियो । केही दिनदेखिको पिसिआर परीक्षणबाट सङ्क्रमित देखिएका छैनन् भने दुई महीनाभन्दा बढी समयपछि सङ्क्रमितको मृत्यु भएको हो ।