प्रस, रक्सौल, १० असोज/
भारतीय टेम्पु चालक सङ्घ रक्सौलको अध्यक्षमा सैफुल आजम चयन भएका छन् ।
हरदियाकोठीमा आइतवार रैफुल आजमको अध्यक्षतामा बसेको बैठकले सैफुल आजमको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । सो अवसरमा अध्यक्ष आजमले स्थायी टेम्पु स्टेन्ड बनाउने, नगरपरिषद्को नाममा हुने अवैध असुली बन्द गराउने, प्रहरी–प्रशासनले टेम्पो चालकलाई विनाकारण गर्ने दुव्र्यवहारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मदनप्रसाद गुप्ता, राज शर्मा, फखरुद्दीन आलम, ओमप्रकाश पासवानलगायतको सहभागिता थियो ।