प्रस, पर्सागढी, १० असोज/
वीरगंज महानगरपालिका–२९ रतनपुरमा शनिवार दिउँसो एकजना विवाहितालाई जबरजस्ती करणी गरेको कसूरमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
२४ वर्षीया विवाहितालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिलनचोक प्रहरी चौकीले जबरजस्ती करणीको आरोप लागेका युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको छ । पर्सा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।