प्रस, वीरगंज, ९ असोज/
पर्सा र बारामा गरी शनिवार तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा चारजना महिलासहित १४७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए ।

बाराको विश्रामपुर गाउँपालिका इटियाहीस्थित न्यू एकता युवा क्लबले आज आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ६० जनाले रक्तदान गरेका थिए ।

प्रमिलादेवी, कवितादेवी, राजेश गुप्ता, जयशङ्कर साह, सोनालाल साहलगायतले रक्तदान गरेको प्रमुख शर्माले बताए ।

यसैगरी, बाराको कलैया उपमहानगर–२६ सिसवामहेशपुरमा क्रिएटिभ युवा क्लबले वार्षिकोत्सवमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ३७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । कलैया उपमहानगरका प्रमुख राजेशराय यादवले उद्घाटन गरेको कार्यक्रममा क्लबका अध्यक्ष सुरेश यादवले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

विद्यासाह सोनार, प्रयागबाबू यादव, अनिल देवान, विना थापा, सञ्जु चापागाईं, वीरेन्द्र चापागाईं, निर्भय साह, पप्पु यादव, अलिहुसेन अन्सारी र लालबाबू कहारलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, पर्साको बहुदरमाई युथ क्लबले बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारीको डकैला चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

क्लबका अध्यक्ष सुरज कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा विवेक साह, प्रभात तेली, वीरेन्द्र पण्डित, विजय यादव, जीतेन्द्र साह, सन्देश साह, अनिलसाह कानू, कुमोद ठाकुरलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here