प्रस, पोखरिया, ८ असोज/

हुलाकी सडक सञ्चालनमा आएपछि पोखरिया बजारको रौनक घटेको छ। वीरगंजदेखि पोखरिया १६ किलोमिटरको दूरीमा छ।

अहिले पोखरियादेखि सात किलोमिटर पूर्वबाट हुलाकी सडक उत्तरतर्फ मोडिएपछि पोखरियाको रौनकमा कमी आएको हो। हुलाकी सडक सञ्चालनमा नआउँदा जगरनाथपुर, ठोरी, जीराभवानी, पटेर्वासुगौलीसम्मका मानिस पोखरिया भएर गन्तव्यतर्फ जाने गर्थे।

यसरी चारैतिरका मानिस पोखरिया भएर आवतजावत गर्दा पोखरियाको बन्द–व्यापार फस्टाएको थियो। पोखरियाको रौनक जहाँ घटेको छ, विन्ध्यवासिनी र बहुअर्वाभाटाको व्यापार बढेको छ। विभिन्न भाडाको सवारी साधनमा यात्रा गर्ने र निजी सवारीका साधन प्रयोगकर्ताहरू बिन्ध्यावासिनी र बहुअर्वाभाटामा विश्राम गर्ने, किनमेल गर्ने अनि खाजा खाने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here