प्रस, सिम्रौनगढ, ३ असोज/

संविधान दिवसका दिन आइतवार जसपाले सिम्रौनगढमा विरोधसभा गरी संविधान जलाएको छ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगंज रानीवास बजारबाट निस्केको जुलुसले अधूरो संविधान खारेज गर, असोज तीन कालो दिन जस्ता नारा लगाएर नगरपरिक्रमा गरेर कङ्काली पुल चोकमा कोणसभा गरेको थियो ।

जसपाका नगर कमिटी अध्यक्ष किशोरी साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा कर्मुलाह अन्सारी, नेता राजेश यादव, परमानन्द मुखियालगायतले संविधानको विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here