प्रस, पोखरिया, ३१ भदौ/

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका विद्यालयहरू पनि बिहीवारदेखि खुलेका छन् ।
कालिकामाई गापाले आजदेखि बाल विकासदेखि कक्षा १२ सम्मको सबै विद्यालयहरू सञ्चालनमा ल्याएको छ । कोरोनाको कारण गत चैत महीनादेखि यहाँका विद्यालयहरू बन्द थिए ।

नयाँ शैक्षिक सत्र असार महीनादेखि सञ्चालनमा आएको र वीरगंज महानगरपालिकाका विद्यालयहरू साउन १५ गतेदेखि एकपछि अर्काे खुल्न थालेपछि जिल्लाका केही पालिकाहरूले पनि विद्यालय सञ्चालन गरेका हुन् । महानगरपालिकामा सबै विद्यालय पूर्ण रूपमा अहिले सञ्चालनमा छ भने पालिकाहरूमा कतै कक्षा ८ देखि १२ सम्म त कतै बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालनमा छ ।

अहिले जिल्लाको पकाहामैनपुरबाहेक सबैजसो पालिकाहरूले विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here