प्रस, रौतहट, ३० भदौ/
मौलापुर नगरपालिकाले दुई वर्षमा सुरक्षित आवास शीर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गराएको छ भने नगरपालिकाकै अग्रसरतामा एकीकृत बस्ती निर्माणसमेत भएको छ ।
एकीकृत बस्ती विकास शीर्षक अन्तर्गत मर्यादपुरमा २५ घरपरिवार, मौलापुरमा १८ घरपरिवार र अन्य गरीब, विपन्न घरपरिवार २५ गरी ६८ घरपरिवारको पक्की घर निर्माण गरिएको छ ।
अन्य स्थानीय तहको तुलनामा कम बजेट रहेको मौलापुरले गरीब, दलितको निजी घरमा मात्रै ७ करोड रुपैयाँ खर्च गर्नु सराहनीय कार्य भएको स्थानीयवासीको भनाइ छ । विद्यालय, अस्पताल र सडक निर्माणमा नाम चलेको मौलापुरले आवासको क्षेत्रमा पनि चमत्कारी कार्य गर्नु निश्चितरूपमा अरूको लागि अनुकरणीय छ ।