संयुक्त राष्ट्रसङ्घ, २७ भदौ/सिन्ह्वा

अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ ।

यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिवार मात्र पनि चारजनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ ।

सो दमनमा परी चारजनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ ।

राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानविरुद्ध राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चारजनाको मृत्यु भइसकेको छ ।

झन्डै एक महीना अघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीहरूमाथि तालिबानीहरूले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेको बताइएको छ ।

राष्ट्रसङ्घले नागरिकको शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह पनि गरेको छ । नागरिकले शान्तिपूर्ण भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसविरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसङ्घले जनाएको छ । रासस

अफगानी महिलाहरू बिस्तारै काममा फर्किदै

काबुल/एएफपी

तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरू सुरक्षाको कारण जनाएर जागीर छोड्न बाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करीब एक महीनापछि साहसिक निर्णय लिंदै कामलाई निरन्तरता दिएकी छिन् ।

कट्टरपन्थी इस्लामीहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमैं बस्नुपर्ने दबाब दिंदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वर्षीया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

रबियाले भनिन्–“मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ, अहिले जागीर शुरू गरेपछि खुशी छु ।” विमानस्थलमा कार्यरत ८० महिलामध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्केका छन् ।

तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरैमध्ये पर्छन् । विमानस्थलमा कार्यरतमध्ये ६ जना महिला विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिवार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षा गर्दैथिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here