प्रस, वीरगंज, २६ भदौ/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वडा नं ११ मा निर्माण हुने ढलान सडक र नालाको शिलान्यास गरेका छन् ।
नगरस्तरीय बजेटबाट सो वडाको श्रीपुरमा निर्माण हुन लागेको ढलान सडक र नालाको शनिवार नगरप्रमुख सरावगीले शिलान्यास गर्दै वर्षौंदेखि जीर्ण सडक र नाला निर्माण हुन लागेको र निर्माणपछि वडावासीको आवतजावतमा सहजता हुने बताए । उनले नाला निर्माणपछि पानीको उचित निकास भई डुबान समस्याबाट मुक्त हुने दाबी गरे ।
वडाध्यक्ष प्रद्युम्न सेढाईंको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमदलगायत सहभागी थिए ।