प्रस, महोत्तरी, २६ भदौ/

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल शनिवार महोत्तरी आउने पूर्वकार्यक्रम रहेकोमा कार्यक्रमकै दिन एकाएक स्थगितको खबर आएपछि नेपाल पक्षीय नेता, कार्यकर्ताहरू असन्तुष्ट भएका छन् ।

महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष नेपाल आउने तय भएको थियो । कर्णाली प्रदेशको कार्यक्रममा जानुपर्ने भएकोले महोत्तरीको कार्यक्रम अकस्मात् स्थगित गरिएको खबर आएपछि एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरू निराश हुनुका साथै आक्रोशित भएका थिए । “पार्टी अध्यक्ष आउने भनेकोले नै हामी गाउँ–गाउँदेखि हिंडिसकेका थियौं । कार्यक्रम स्थगितको खबरले घर फर्कनुपर्दा अरू पार्टीका मानिसहरू हाँसेका छन्,” उक्त पार्टीको ग्रामीण क्षेत्रका अगुवा बताउने रामसहाय हलुवाईले गुनासो गरे ।

अन्य स्थानभन्दा महोत्तरीलाई पार्टीले कम महŒव दिएको भन्ने आफूहरूलाई लागेको ग्रामीण युवा अगुवा रामरिझन तुरहाले बताए । महोत्तरीमा पहिले नै तय भइसकेको तर कर्णालीमा पछि तय भएको र अन्य नेताहरूसमेत प्रशस्तै रहेको कार्यक्रममा पार्टी अध्यक्ष जानाले यस क्षेत्रका नेता, कार्यकर्ताहरू निराश भएको उनको भनाइ थियो ।

सो पार्टी प्रदेश २ का इन्चार्ज धर्मनाथ साहले भने महोत्तरीलाई पार्टीले सधैं प्राथमिकतामा राखेको तर कर्णालीमा अध्यक्ष आफैं नपुगी नहुने आकस्मिक तर महŒवपूर्ण कार्यक्रम रहेकोले उता जानुपरेको बताएका छन् । उनले महोत्तरीमा कार्यक्रमको लागि छिट्टै अर्काे मिति तय हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here