प्रस, रक्सौल, २६ भदौ/
महावीर जयपुर फूट लिम्ब रिह्याबिलिटेशन सेन्टर ए प्रोजेक्ट अफ रोटरी क्लब वीरगंज र रक्सौल अनुमण्डल पदाधिकारी आरती कुमारी तथा स्वच्छ रक्सौलको सहयोगमा कृत्रिम खुट्टा प्रत्यारोपण कार्यक्रम सम्पन्न भएको छ ।
रक्सौलमा आज ३२ जनाको खुट्टा जाँच गरिएको र त्यसमध्ये १० जना महिला/पुरुषको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको थियो । विभिन्न कारणबाट खुट्टा गुमाएका मानिसहरूको डा शाश्वत प्रसादले चेकजाँच गरेको र सोमध्ये १० जनाको छनोट गरेका थिए ।
छनोटमा परेका दशैजनाको कृत्रिम खुट्टा निश्शुल्क प्रत्यारोपण गरिएको थियो ।