अकापुल्को, मेक्सिको, २३ भदौ/एएफपी

मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजीकै मङ्गलवार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचार अनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

कोयुका डे बेनिटेज शहरनजीकैको एक पोल ढलेर एकजनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताएका छन् ।

भूकम्प गएको अवस्थामा राजधानीबाट सयौं किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ । भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँको राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन् ।

केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरमा भाग्यवश धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए । कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं परकम्पनले पर्यटक होटेलबाट निस्किएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here