नयाँ दिल्ली, २२ भदौ/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।

पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरिको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, एक दिनमा ४२ हजार ९४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हँुदै आएको छ । त्यसैगरी, पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । मङ्गलवार प्राप्त समाचार अनुसार हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

बेलायतमा सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ

लन्डन/सिन्ह्वा

बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरू भएदेखिको सङ्ख्या मङ्गलवार ७० लाख पुगेको हो ।

बेलायतमा हिजो मात्र एकै दिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी, यहाँ गएको २४ घण्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि जनाइएको छ । यहाँ हालैका दिनहरूमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ ।

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

अमेरिकालाई चीनको आग्रह

बेइजिङ/सिन्ह्वा

कोभिड–१९ को महामारीकविरुद्ध लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।

चीनले अमेरिकालाई भाइरसको महामारीविरुद्ध लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमवार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिड्ढा क्रममा सो धारणा राखेका हुन् ।

उनले भने, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहकार्य गर्नुपर्छ ।

प्रवक्ता यनविनले यदि यसरी सहकार्य गर्न सकियो भने मात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भनेको समाचारमा जनाइएको छ ।

हालै मात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमवार उनको सो धारणा आएको हो ।

प्रवक्ता येनविनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिंड्न सक्नुपर्ने धारणा राखेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here