काठमाडौं, २१ भदौ/रासस

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फूटबल टोली सोमवार नेपाल आइपुगेको छ ।

यही भदौ २४ र २७ गते हुने दुर्ईवटा मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फूटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटीका पदाधिकारीलगायतले स्वागत गरे । उक्त मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा हुनेछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हड्ढङ छन् ।

नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुआत गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ ।

यस्तै, नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हड्ढङसँग सामना गर्नेछ भने फिलिपिन्स र हड्ढङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here