प्रस, पोखरिया, २१ भदौ/
पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कल्वार प्राविधिक नमूना माविका कक्षा ९ मा अध्ययनरत छात्राहरूलाई सोमवार साइकल वितरण गरिएको छ ।
प्रदेशसभा सदस्य प्रह्लाद गिरीलगायतले कक्षा ९ मा अध्ययनरत १४७ जना छात्रालाई साइकल वितरण गरेको शिक्षा शाखा प्रमुख विजयकुमार झाले बताए ।
नगरप्रमुख दीपनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर रौनियार, उपप्रमुख सलमा खातुन, लोसपाका नेता निजामुद्दीन समानी, वडाध्यक्ष बङ्काप्रसाद कुर्मी, लक्ष्मणसाह कानूलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण उमेश कुमारले गरेका थिए ।
प्रस, पर्सागढी/
वीरगंज महानगरपालिका–३१ स्थित नेराप्रावि सोलखपुरमा ३९ जना छात्रालाई साइकल वितरण गरिएको छ । प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई प्रदेशसभा सदस्य जन्नत अन्सारीले साइकल वितरण गरेका थिए ।
विद्यालयका प्रअ पुरुषोत्तम मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका एमामुल अन्सारी, प्रेमबहादुर आचार्यलगायत सहभागी थिए । कार्यक्रममा शिक्षक हरेन्द्रप्रसाद महतोले स्वागत गरेका थिए ।