काठमाडौं, २० भदौ/रासस
नेपाल प्रहरीकी पार्वती गुरुङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् । नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् ।
त्यस्तै, आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन् । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३औं दक्षिण एशियाली खेलकूद (साग)का स्वर्ण विजेता हुन् । आयशाले १३औं सागमा दोहोरो स्वर्ण जितेकी थिइन् ।
प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेशनलका श्रृजल श्रेष्ठले ६.३८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । छ दशमलव ३४ अङ्क जोड्दै आर्मीका सुजन श्रेष्ठ दोस्रो भए । मूलपानी तेक्वान्दो डोजाड्ढा आयुश ढुङ्गेल र चन्द्रसूर्यका यज्ञ राईले तेस्रो स्थानमा चित्त बुझाए। महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा ९६.५९ अङ्कले स्वर्ण तथा गोदावरीकी सरगम थापा ९६.२८ अङ्कले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइवाले संयुक्तरूपमा कांस्य जिते ।