महेन्द्रनगर, १६ भदौ/रासस

एघार वक्र्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुर, महेन्द्रनगर झरे ।

दुर्ई छोरा, एक छोरी र पत्नीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहेका छन् । घर छाडेर बसाइँ सरेको दशक नपुग्दै जेठा छोरा सुरेश चुनाराले खेल क्षेत्रमा फड्को मार्दा परिवारको खुशीको सीमा नै छैन ।

सादनी जोगबुढाको सबैभन्दा विकट गाउँँ हो । जहाँ अहिले पनि सडक पूर्वाधारलगायत कुनै पनि सुविधा पुग्न सकेको छैन । “अन्धकार गाउँँमा बसेर छोराछोरीको भविष्य कस्तो होला सोचेर महेन्द्रनगर आएको थिएँ” –नरेन्द्रले भने–“छोरा सुरेश सुदूरपश्चिमबाट पहिलोपटक कुश्तीमा वल्र्ड च्याम्पियनशिप खेल्ने खबर सुन्दा हक्र्षित छौं ।”

कुश्तीमा आठ वक्र्षदेखि सक्रिय भएर लागेका २१ वक्र्षीय सुरेश मुलुकको प्रतिनिधित्व गर्दै आगामी अक्टोबरमा नर्वेमा हुने वल्र्ड च्याम्पियनशिपमा प्रतिस्पर्धीका रूपमा सहभागी हुँदैछन् । हाल काठमाडौंको त्रिभुवन आर्मी क्लबमा आबद्ध सुरेशले ७४ किलो तौल समूहमा वल्र्ड च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने बताए ।

“पहिलो चरणमा दुर्ई खेलाडी क्वालिफाइ भएका छौं” –उनले भने– “साग खेलपछि पनि नियमित प्रशिक्षणमा रहेकाले नतीजा राम्रै आउनेमा आशावादी छु ।” मेहनती खेलाडीका रूपमा परिचित सुरेशले १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगितामा कांस्य पदक जितेका थिए ।

उनले कुश्तीमा ३४ वक्र्षपछि नेपाल वल्र्ड च्याम्पियनशिपमा सहभागी हुन थालेको बताए । “अरू देशका खेलाडी पनि हामीजस्तै हुन्, उनीहरूको प्रशिक्षण स्तरीय होला आफ्नो ठाउँमा छ” –उनले भने– “हामीले पनि आफूलाई कहिल्यै कमजोर ठान्नुहुन्न ।”

आफ्नो उमेर समूहमा राष्ट्रियस्तरका प्रतियोगितामा चार स्वर्ण जितिसकेका सुरेशले खेलजगत्बाटै नाम र दाम कमाउन सकिने बताए । “बुबाले महेन्द्रनगरमा डेरा गरी जीविका चलाउने गरेकाले उनको परिश्रम खेर जान नदिने अठोटका साथ खेल क्षेत्र रोजेको हुँ”–उनले भने– “अझ बाह्य प्रशिक्षण भए अन्तर्राष्ट्रियस्तरबाट पदक ल्याउन कुनै ठूलो कुरा छैन ।

स्कूल पढ्दादेखि नै यहाँस्थित कबर्डहलमा कुश्ती खेल्न थालेका उनी खेल प्रदर्शनले नै आर्मी क्लबमा आबद्ध भएका हुन् । सुरेशसँगै उनकी बहिनी शिवानी पनि तेक्वान्दो खेलकी जुनियरतर्फकी खेलाडी हुन् । “क्लबमा आबद्ध भएर मैले पनि, सेनालाई राष्ट्रियमा स्वर्ण र सागमा कांस्य पदक दिलाएँ” –उनले भनिन्– “खेलाडी उत्पादन गाउँँमुखी हुनुपर्छ ।” उनले दीर्घकालीन योजना बनाएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने खालका प्याकेज ल्याउनुपर्ने बताइन् ।

“एक महीना बन्द प्रशिक्षणका भरमा खेलाडीबाट पदकको आशा गर्नु बेठीक हो” –उनले भनिन्– “खेल क्षेत्रमा लागेकाको दैनिकी चल्ने रोजगारको पनि प्रत्याभूति भए यो क्षेत्र झन् फस्टाउने थियो ।” केही वक्र्षयता मुलुकमैं अब्बल देखिएको कञ्चनपुरका कुश्ती खेलाडी राष्ट्रियस्तरमा आफ्नो वर्चस्व जमाउन थालेका छन् । साग खेलकूद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक दिलाउने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here