प्रस, रौतहट, १५ भदौ/
नेपाल पत्रकार महासङ्घ रौतहटको पहलमा ग्रामीण विकास केन्द्र नेपालले ब्रेन ट्युमर रोगबाट पीडित पत्रकार रामपुकार राउतलाई एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कतार च्यारिटी नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले पीडित पत्रकार राउतलाई सहयोग गरेका हुन् ।
पत्रकार राउतको आर्थिक अभावमा शल्यक्रिया हुन सकेको छैन । ब्रेन ट्युमरबाट पीडित पत्रकार राउतले भारतको दिल्लीस्थित एम्स अस्पतालमा आफूले उपचार गराइरहेको बताएका छन् । उनले उपचारको लागि आफू चाँडै दिल्ली जाने बताए ।