प्रस, वीरगंज, १२ भदौ/

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा शनिवार वीरगंजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । सो पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा वीरगंज नगरसभा गृहमा कार्यक्रम समपन्न भएको हो ।

‘सङ्घीयता सुशासन समृद्धि र समाजवाद’ विषयक अभिमुखिकरण कार्यक्रममा अध्यक्ष यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राणा र राजाजस्तै बन्न खोजेको आरोप लगाए ।

“सङ्घीय लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्न र उपलब्धिलाई रक्षा गर्ने जिम्मेवारी रहेकोमा निरंकुश बन्न खोजेकोले ओलीको पतन भयो” अध्यक्ष यादवको भनाई थियो । उनले महन्त ठाकुरले मधेस र मधेसीको मुद्दा ओलीलाई सुम्पिएकोकारण उनको पनि पतन शुरू भएको दाबी गरे ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, रेणु यादव, रामसाहयक यादव, गोविन्द चौधरी, प्रदीप यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा बारा, पर्सा, मकवानपुर, रौतहटका नेता, कार्यकर्ताहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सो पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here