प्रस, ठोरी, १० भदौ/
दलित विकास केन्द्र ठोरीले स्व सञ्जय नेपालीको परिवारलाई काजकिरिया खर्चबापत रु ३२ हजार ५ सय सहयोग गरेको छ।
भदौ २ गते उपचारका क्रममा मृत्यु भएका नेपालीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा धेरै खर्च भएकोले काजकिरिया खर्चबापत सो रकम सहयोग गरेको केन्द्रका अध्यक्ष गगन सुनारले बताए।
बिहीवार दिउँसो स्व नेपालीका पिता शेरबहादुर नेपालीलाई ज्येष्ठ नागरिक सुकमान विकबाट सहयोग रकम हस्तान्तरण गरिएको थियो। सो क्रममा हरि सुनारलगायत सहभागी थिए।