प्रस, सिम्रौनगढ, ९ भदौ/
सीमावर्ती क्षेत्र भारतको छौडादानोमा मङ्गलवार १४० ग्राम ब्राउनसुगरसहित एकजनालाई एसएसबीले पक्राउ गरेको छ।
आधापुर थाना क्ष्Fेत्र श्रीसियाकला निवासी ४१ वर्षीय सन्तोष बैठालाई एसएसबीले १४० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ। सूचनाको आधारमा बैठालाई चेकजाँच गर्दा उनीबाट ब्राउनसुगर बरामद भएको थियो। सहायक सेनानायक अंशल श्रीवास्तवले ब्राउनसुगरसहित पक्राउ परेका बैठालाई आवश्यक कारबाईको लागि छौडादानो प्रहरीको जिम्मा लगाएको बताए।