गबारो कीराले धानबाली नष्ट गर्दै

बलिराम शुक्ल, बिरुवागुठी, ८ भदौ/

पर्सागढी नगरपालिकालगायत आसपास क्षेत्रमा किसानले लगाएको धानबालीमा गबारो कीराको प्रकोप देखा परेको छ।

धान रोपाइँ गरेपछि पटक–पटक वर्षा भएको कारण खेतको पानी सुक्न नपाउँदा गबारो कीराको प्रकोप देखा परेको पर्सागढीका श्रवणकुमार चौधरीले बताए।

गबारो कीरा धानको जरा वा डाँठमा बसी गुबा र जरा काट्ने गर्छ, जसले गर्दा धान पहेंलो भई मर्ने गरेको किसानले बताए। पर्सागढी नगरपालिका, हरपुर कृषि शाखा प्रमुख खड्गप्रसाद खत्रीका अनुसार अधिकांश धानबालीमा गबारो कीराको प्रकोप देखा परेको र रोकथामको लागि खेतमा प्रकाशको पासो बनाइ वयस्क पुतलीलाई आकर्षित गरी मार्नुपर्ने वा विषादी प्रयोग गर्नुपर्ने बताए।

उनले कारटाप हाइड्रोक्लोराइड २ जीआर वा फिप्रोनिल ०.३ जिआर औषधि युरिया वा बालुवामा मिसाइ खेतमा छर्न सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here