रेडक्रस पर्सा र पर्सागढी नपाबीच सम्झौता

0

प्रस, वीरगंज, ८ भदौ/

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, पर्सा र पर्सागढी नगरपालिकाबीच मङ्गलवार सम्झौता भएको छ।

पर्सागढी नगरपालिका क्षेत्रका बिरामीहरूलाई निश्शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी, पर्साका मन्त्री शैलेन्द्रकुमार चौरसिया र पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवबीच भएको सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो।

रक्तसञ्चार केन्द्रले पर्सागढी क्षेत्रका बिरामीहरूलाई रगत वर्गीकरण, रगत ब्याग, क्रसमैचिङ, ग्रुपिङ एवं परीक्षणबापतको शुल्क नगरपालिकाले तिर्ने सम्झौता भएको नेरेसो पर्साले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा भएको सो सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा शाखामा मन्त्री शैलेन्द्रकुमार चौरसिया, पर्सागढी नगरपालिकाका स्वास्थ्य अधिकृत उमेशप्रसाद शाह, लेखा अधिकृत वीरशम्शेरप्रसाद कुर्मी, राजन श्रीवास्तवलगायतको उपस्थिति थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here