प्रस, वीरगंज, ७ भदौ/
नेपाल प्रहरीले चार महीनादेखि चलाएको ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई सोमवार वीरगंजमा पुनः निरन्तरता दिएको छ।
घण्टाघरबाट सचेतना –याली निकालेर माईस्थानसम्म अभियान सञ्चालन गरी मास्क नलगाउनेहरूलाई मास्क लगाइएको थियो। घण्टाघरबाट निस्किएको सचेतना –याली माईस्थान पुगेर कोणसभा गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोभिड सङ्क्रमण देशव्यापी रूपमा कम नभएको भन्दै वीरगंजवासीलाई मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए।
प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कोभिडबाट जोगिन मास्क सहायक हुने भन्दै यसको अनिवार्य प्रयोग गर्न सुझाए। उनले मास्कको प्रयोग नगर्नेलाई आगामी दिनमा कारबाई हुने चेतावनी पनि दिए।
कार्यक्रममा वीरगंज महानगरका उपप्रमुख शान्ति कार्की, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चण्डीगण वीरगंज ब्यारेकका निमित्त गणपति नैना बस्नेत, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, वीरगंज साइक्लिङ क्लबका सञ्जय अग्रवालसमेत विभिन्न सङ्घसंस्थाका पदाधिकारी, सामुदायिक सेवा केन्द्रलगायतको सहभागिता थियो।