कलैया जेसीजद्वारा बिरामीहरूलाई फलफूल वितरण

0

नितेश कर्ण, वीरगंज, ७ भदौ/

कलैया सिटी जेसीजले सोमवारदेखि साताव्यापी जेसीज सप्ताह सञ्चालन गरेको छ। जेसीज सप्ताहको पहिलो दिन आज कलैया अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनको प्रमुख आतिथ्यमा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको कलैया सिटी जेसीजका कानूनी सल्लाहकार सावित्री शर्माले बताइन्। जेसीज सप्ताह साताव्यापी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने महासचिव पवन कुशवाहाले बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here