प्रस, सेढवा, ७ भदौ/
थारू कल्याणकारिणी सभा, पर्साको आयोजनामा पर्सागढी नगरपालिकामा अन्तरक्रिया भएको छ।
ऐतिहासिक थारुवान विद्रोह, टीकापुर घटना र आगामी कार्यदिशाबारे भएको अन्तरक्रियामा सहभागीहरूले टीकापुर घटनामा पक्राउ परेका सांसद रेशम चौधरीलाई अहिलेसम्म थारू समुदायले छुटाउनेतर्फ पहल गर्न नसकेको भनी गुनासो गरे।
थारू समाज एक नभएको कारण उनीहरूको आवाज दबिंदै आएको भन्दै एकतामा जोड दिएका थिए।
थारू कल्याणकारी सभा पर्साका उपाध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष वेदमानदास थारू, थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य बृजमोहन चौधरी थारू, केन्द्रीय पार्षद् महेन्द्र चौधरी, नन्दकिशोर पञ्जियार, पर्साका सचिव भागवतप्रसाद थारू, कोषाध्यक्ष राजीव थारू, सदस्य बालकृष्ण चौधरीलगायतको सहभागिता थियो।