पेट्रोलियम पदार्थको मूल्यवृद्धि

1
115

काठमाडौं, ७ भदौ/रासस

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। बढेको मूल्य सोमवार राति १२ बजेदेखि लागू हुनेछ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मटीतेलमा पनि प्रतिलिटर रु दुर्ई नै वृद्धि गरिएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ। यस्तै, डिजल र मटीतेल प्रतिलिटर रु ११३ पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मटीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो। निगमले खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको छ। यसअघि प्रतिसिलिन्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्याँस अब रु एक हजार ४५० पुगेको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर श्र दुर्ईले वृद्धि भई रु ८६ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपियाँँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपियाँँ ६४ पैसा र ग्याँसमा प्रतिसिलिन्डर ४२० रुपियाँँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ। निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ। निगमका अनुसार पेट्रोलमा कुल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्याँसमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ।

इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त पछिल्लो मूल्यसूची अनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपियाँँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपियाँँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here