काठमाडौं, ४ भदौ/रासस

विश्व फूटबलको सर्वाेच्च निकाय विश्व फूटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाद्वारा शुक्रवार जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औं स्थानमा पुगेको हो । यसअघि नेपाल १००औं स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औं स्थानमा छ ।

विश्व वरीयतामा अमेरिका शीक्र्ष स्थानमा रहँदा स्वीडेन दोस्रो स्थानमा छ । त्यसैगरी, जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौं, क्यानडा छैटौं, ब्रजील सातौं, इङ्गल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १०औैं स्थानमा रहेको छ ।

टेबलटेनिस खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५औं एशियाली टेबलटेनिस प्रतियोगिताका लागि छजना खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट समान तीन–तीन पुरुक्ष/महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।

पुरुक्षमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभिएम टेबलटेनिस क्लबका संयोग कपाली र विलोश श्रेष्ठ रहेका छन्।

त्यस्तै, महिलामा एपिएफकी सिक्का सुवाल, एभिएमकी इभाना थापामगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभिएमकी वियङ्का राई छन् । छनोटमा समान नौ–नौ पुरुक्ष/महिला खेलाडीले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here