प्रस, वीरगंज, ३ भदौ/

जिल्ला प्रहरी कार्यालय, पर्साले नौवटा भारतीय नम्बरका मोटरसाइकल वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।

जिप्रका, पर्साले बताए अनुसार विभिन्न मितिमा उक्त नौवटा भारतीय नम्बरका मोटरसाइकल मातहतका प्रहरी चौकीले बेवारिसे अवस्थामा बरामद गरेको र आज ती मोटरसाइकलहरू आवश्यक कारबाईका लागि वीरगंज भन्सार चलान गरिएको हो ।

यसअघि जिप्रका, पर्साले सीमानाका बन्द भएको र भन्सारबाट भारतीय नम्बरका मोटरसाइकल नभित्रिएको अवस्थामा पर्सा जिल्लाका विभिन्न स्थानमा भारतीय मोटरसाइकल सञ्चालनमा रहँदा प्रहरीले अभियान चलाएर थुप्रै मोटरसाइकल वीरगंज भन्सार चलान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here