राधेश्याम पटेल, वीरगंज, ३२ साउन/

गत वर्ष अगस्त ७ देखि प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिले वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको सञ्चालन र व्यवस्थापनको ठेक्का पायो । पाँच वर्षको लागि भारतीय प्रिष्टिन मेगा लजिस्टिक प्रालि र स्वदेशी भ्याली समूह मिलेर बनेको प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिले तीन अर्ब ३३ करोडमा ठेक्का पाएको थियो ।

कम्पनीले पछिल्लो १६ वर्षदेखि एकलौटी राज गर्दै आएको कङ्कर कम्पनी हिमालयन टर्मिनललाई पछि पार्दै ठेक्का पाएको थियो । त्यसअघि पछिल्लो पाँच वर्षमा ड्राइपोर्ट भन्सार सञ्चालनको लागि सन् २०१६ देखि २०२० सम्म जम्मा ७९ करोड रुपैयाँमा मात्र हिमालयन टर्मिनलले ठेक्का पाएको थियो । हिमालयन टर्मिनलमा नेपाली र भारतीय कङ्करको साझेदारी थियो ।

प्रिष्टिनले ठेक्का पाएको करीब एक वर्ष बितेको छ । आखिर कस्तो रह्यो प्रिष्टिनको कामकारबाई भन्ने जिज्ञासा पनि सबैलाई होला । कम्पनीले कोरोना महामारीको दोस्रो चरणमा पनि अपेक्षाभन्दा राम्रो काम गरेको छ । कम्पनीले वर्ष दिनमा जम्मा ५० हजारवटा २० फिटे कन्टेनर ह्यान्डलिङ गर्ने लक्ष्य राखेकोमा ६२ हजारवटा कन्टेनर ह्यान्डलिङ गरेको जनाएको छ । अर्थात् ७१५ ¥याक ।

जबकि हिमालयन टर्मिनलले अघिल्लो वर्ष २०७६/७७ मा जम्मा ६५० ¥याक मात्र ह्यान्डलिङ गरेको तथ्याङ्क छ । प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिका चिफ अपरेशन अफिसर अतुल शर्माका अनुसार कन्टेनरको ह्यान्डलिङमा करीब १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, बिआरएन (फलामाजन्य) र बिसिएन (बोराबन्द) सामानहरूको ह्यान्डलिङमा पनि कम्पनीले लक्ष्य प्राप्त गरेको जनाएको छ । कम्पनीले १८० वटा बिआरएनतर्फ र २५० वटा बिसिएनतर्फ ¥याक ह्यान्डलिङ गरेको जनाएको छ ।

कोरोना महामारीको कारण फलामजन्य औद्योगिक कच्चा पदार्थको आयातमा कमी आउँदा यी दुर्ई शीर्षकतर्फ कम सामान आएको कम्पनीले जनाएको छ । बिआरएनको आयात अघिल्लो वर्षभन्दा २० प्रतिशतले घटेको छ भने बिसिएन पनि करीब १० प्रतिशतले घटेको जनाएको छ । अघिल्लो वर्षमा कङ्करको हिमालय टर्मिनलले बिआरएन र बिसिएनतर्फ २४०/२४० ¥याक ह्यान्डलिङ गरेको थियो ।

सन् २००० देखि २००४ सम्म ३८ हेक्टरमा निर्माण भएको बन्दरगाहको पूर्ण क्षमता भनेको ४३ सयवटा कन्टेनर एकै साथ ह्यान्डलिङ गर्न सक्ने हो । तर विविध कारणले करीब ५० प्रतिशत मात्र यार्ड अहिले उपयोग भइरहेको छ । आयातमा आएको कमी, ४ नं रेलवे ट्र्याक उपयोगविहीन र २४सैं घण्टा बन्दरगाह सञ्चालन नहुँदा बन्दरगाहको उपयोग कम भएको व्यवसायीहरूको भनाइ छ ।

के छ व्यवसायीको प्रतिक्रिया ?

प्रिष्टिनको कामबाट व्यवसायीहरू पूर्णरूपमा सन्तुष्ट नभए पनि हिमालयन टर्मिनलभन्दा राम्रो काम गरिरहेको प्रतिक्रिया दिएका छन् । उद्योगी सुरेश रूँगटाले पहिलेभन्दा व्यवस्थापकीय पक्ष राम्रो हुँदै गएको बताए । उनले महँगोमा ठेक्का पाएपछि पहिलेभन्दा व्यवसायीले १० प्रतिशत महँगो शुल्क तिरिरहेको बताए । उनले कम्पनीले आगामी दिनमा बन्दरगाह २४सैं घण्टा सञ्चालन गराउन गृहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भन्सार कार्यालयका कर्मचारीहरू साँझ साढे ६ बजेपछि भेट्न मुश्किल हुने बताए । साथै, व्यवसायीले पाएको निश्शुल्क समयभन्दा एक दिन कन्टेनर यार्डमा थन्किंदा व्यवसायीले १० हजार रुपैयाँ हर्जाना सिपिङ कम्पनीलाई तिर्न बाध्य पारिएकोले त्यसतर्फ प्रिष्टिन र भन्सार, बैंकलगायत सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

के के ग¥र्या प्रिष्टिनले

प्रिष्टिनले ठेक्का पाएपछि सबैभन्दा पहिले यार्डको सरसफाइ गराइ यार्ड सफा बनायो । यार्डमा आवश्यक सङ्ख्यामा शौचालय र छ ठाउँमा चीसो खानेपानी पिउने मेशिन जडान ग¥यो । हिमालयन टर्मिनलले सञ्चालन गर्ने कार्यालयलाई पुनर्निर्माण गरी कर्पोरेट भवन बनाएको अपरेशनल हेड शर्मा बताउँछन् ।

“पहिले निकै समस्याहरू थिए, हामीले यार्डभित्र घासपात र जङ्गल भएको क्षेत्रलाई सफा गराइ खाली गरायौं,” उनले भने, “खाली र लोडेड कन्टेनर राख्ने यार्डमा चक्लाबन्दी ग¥यौं, जसले काम गर्न सहज भएको छ ।” उनले कार्यालय भवन र शौचालयमा पानीको सुविधा पनि सुनिश्चित गरिएकोले अब खासै गुनासो नभएको दाबी गरे । साथै, उनले दैनिक चारवटा रिच स्ट्रिकरबाट मालसामान लोड, अनलोड गराइरहेकोले खासै समस्या नरहेको बताए । चक्लाबन्दीमा कन्टेनर राख्दा कुन व्यवसायीको सामान कहाँ छ भन्ने ट्र्याक गर्न पनि सजिलो भएको उनको भनाइ छ ।

अब के के गर्ने योजना

प्रिष्टिनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने आश्वासन दिएको छ । कम्पनीले १, २, ३, ४, ५, ६ नम्बरका रेलवे ट्र्याकमध्ये ४ नं ट्र्याकलाई विस्थापित गरी ६ नं ट्र्याकनजीकै स्थापित गर्न नेपाल इन्टरमोडेल यातायात विकास समितिमा प्रस्तावना पेश गरेको छ । स्वीकृति पाए लगत्तै योजना अघि बढ्ने उनले बताए ।

जसले गर्दा १, ४, ५, ६ गरी चारवटा रेलवे ट्र्याकबाट मालसामान लोड अनलोड गर्न सकिन्छ । २ र ३ बीच बाटो बनाइ यी दुर्ई ट्र्याकलाई पनि उपयोग गर्न सकिने प्रिष्टिनको योजना छ । जसले गर्दा कम समयमा बढी मालसामानको ह्यान्डलिङ हुन सकोस् । त्यस्तै, भर्खरै नेपाल सरकारले भारत सरकारसँग गरेको रेलवे सर्भिस एग्रिमेन्ट अनुसार प्रिष्टिनले आफ्नै रेलसेवा ड्राइपोर्ट भन्सारसम्म ल्याउने पाउनेछ ।

प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालिका चिफ कमर्शियल अफिसर विकाश शर्माका अनुसार सञ्चालन गर्ने कम्पनीको रेल बन्दरगाहसम्म मालसामान लिएर आउँदा नेपाली व्यवसायीलाई अझै फाइदा पुग्छ । उनले कोलकाताबाट सडकमार्ग हुँदै आउने मालसामानलाई पनि रेलसेवाबाट न्यून शुल्कमा ल्याउने कम्पनीको लक्ष्य रहेकोले यहाँका व्यवसायीहरूसँग मिलेर काम गर्ने बताए ।

कस्तो कम्पनी हो प्रिस्टिन

प्रिष्टिन मेगा लजिस्टिकको शाखाकै रूपमा नेपाली भ्याली समूहसँग मिलेर बनेको प्रिष्टिन भ्याली ड्राइपोर्ट प्रालि कम्पनी हो । भारतमा प्रिष्टिन समूह अन्तर्गतको प्रिष्टिन लजिस्टिक सन् २०१० मा स्थापना भएको थियो । यो कम्पनीका प्रमोटर डाइरेक्टर रजनीश कुमार र अन्य तीन डाइरेक्टरमा अमित कुमार, दुर्गेश गोहबिल, सञ्जय मारवार रहेका छन् । यो कम्पनी भारतको दोस्रो ‘फास्टेस्ट ग्रोइङ’ लजिस्टिक कम्पनी हो ।

हाल लुधियाना, खगडिया, मेटा, सिलगुडी र कानपुरमा बन्दरगाह ठेक्का पाएर सञ्चालन र व्यवस्थापन हेर्दै आएको छ । नेपालस्थित वीरगंजको यो बन्दरगाह कम्पनीको लागि अन्तर्राष्ट्रिय एक्लो सुक्खा बन्दरगाह हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here