समय र यसको रफ्तारसँगै ‘प्रतीक दैनिक’ र वीरगंज

0
  • रामजी बराल

समय अनि यसको रफ्तार शायद कसैले रोक्न सक्दैन । हामीमध्ये धेरैलाई समयको रफ्तारले कहाँ–कहाँ पु¥यायो । समयले हामीलाई धेरै कुरा सिकायो पनि । अहिलकै समयको कुरा गरौं, सारा संसार एउटा अदृश्य शक्ति ‘कोरोना’विरुद्धको लडाइँमा छ । यसबारेमा धेरै लेख्न मन पनि छैन । यो त्रूmर शक्ति चाँडै परास्त होस् संसारबाट यही कामना मात्रै गरौं ।

खासगरी साँच्चै नै केही लेख्ने जाँगर चल्यो । विषयवस्तु र सन्दर्भभन्दा पनि वीरगंजमा आफ्नो विगत र सुनौला दिनहरूका बारेमा । २०५३/५४ साल तिरबाटै हुनुपर्छ मैले व्यावसायिक अथवा शौखको रूपमा भएपनि वीरगंजमा बसेर कलम चलाउन थालेको । मेरो खास रुचि पत्रकारितामार्फत उत्कृष्ट लेखक बन्ने थियो । त्यो बेला भर्खर प्रकाशित ‘सिमाना’ साप्ताहिकमा सम्पादकीय कोलममार्फत वीरगंजका जल्दाबल्दा विषयमा म लेख्ने गर्थें ।

समय बित्दै थियो, आफ्नै रफ्तारमा । वीरगंज मलाई त्यो बला सारै उत्कृष्ट शहर लाग्थ्यो । सफासुग्घर अनि मानिसहरू पनि सा¥है असल । वीरगंज शहर भनेपछि विमल श्रीवास्तव, गोपाल गिरी जस्ता अग्रजहरूको मेहनतले धेरैको लागि एउटा नमूना शहर थियो, वीरगंज । त्यसभन्दा अगाडिका अग्रज उद्योगी, व्यापारी, लेखक, साहित्यकार, कलाकार, खेलाडी सबैले वीरगंजलाई सुन्दर बनाउन धेरै मेहनत गरेका थिए ।

यस सानो आलेखमा सबैको नाम लिन सम्भव पनि छैन । तर अहिले समय कहाँबाट कहाँ पुगिसक्यो । खासगरी वीरगंज र समग्र मधेसले नै राजनीतिकरूपमा कायापलट हुने अवसर पायो । त्यो विषयमा अहिले म जान चाहन्नँ ।

मैले २०६३ सालसम्म वीरगंजमा स्थायीरूपमा बसुन्जेल वीरगंजका सन्दर्भ र सरोकारका बारेमा निरन्तर लेखें । सिमाना साप्ताहिकबाट शुरू भएको मेरो लेखनयात्रालाई उत्कृष्ट बनाउन प्रतीक दैनिकले ठूलो भूमिका खेल्यो । शुरूमा राजनीतिक विश्लेषकको रूपमा कलम चलाउन मन लाग्ने मलाई माओवादीहरूले वीरगंजमा लोकप्रिय नगरप्रमुख गोपाल गिरीको नृशंस हत्या गरेपश्चात् समग्र राजनीतिक क्षेत्रप्रति नै वितृष्णा जाग्यो । मैले त्यसपछि आर्थिक लेखकको रूपमा आफूलाई प्रस्तुत गरे । त्यो कुरा अहिले पनि जारी राखेको छु ।

खासगरी मैले प्रतीक दैनिकमार्फत स्तम्भ लेखनमा आफूलाई राम्रैसँग परिमार्जन गर्ने मौका पाएँ । प्रत्येक शुक्रवार ‘फोकल प्वाइन्ट’, ‘सन्दर्भ सरोकार’ जस्ता स्तम्भमार्फत वीरगंज नगर र सेरोफेरोमा रहेर कैयौं लेख लेखें । विषयवस्तु छनोट र लेखन कार्यमा मित्रहरू चन्द्रकिशोर झा, मनोज उपाध्याय र विशेषगरी प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश सर र समग्र प्रतीक परिवारको माया र मार्गनिर्देशन सदैव प्रेरणादायी रह्यो ।

त्यो बेला प्रतीक दैनिकमा लेख्ने अन्य स्तम्भ लेखकहरू पनि उत्कृष्ट थिए । चन्द्रकिशोर, केएल देवकोटा, राजहरि सापकोटा, अनन्तकुमारलाल दास, विनोद गुप्ता, श्रीमन्नारायणलगायतका लेखकका लेखहरू पनि उत्तिकै पढिन्थ्यो । तर समय र परिस्थितिले आज धेरैलाई कताकता पु¥यायो । केही साथी वीरगंजमैं रहेर आआफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरिरहनुभएको छ । मित्र केएल देवकोटा राजनीतिक उचाइ लिंदै हुनुहुन्छ आदि इत्यादि ।

यता प्रतीक दैनिक निरन्तर यात्रामा रहेर आज ३५औं वार्षिकोत्सव मनाउँदै छ । यो खुशी र गौरवको क्षणमा मैले दुर्ई शब्द नलेखिरहन सकिनँ । पुराना कुराहरू स्मृतिका पानामा सीमित भएपनि मेरो जीवनयात्रामा प्रतीक दैनिकले दिएका योगदानहरू ताजै छन् ।

मैले त्यो बेला कल्पना गरे जस्तै ‘प्रतीक दैनिक’ रङ्गीन कलेवर र मोफसलकै उत्कृष्ट व्यावसायिकरूपमा सफल नहोला तर वीरगंजदेखि जनकपुर, सिन्धुलीसम्म पनि यात्रा गरेको प्रतीक दैनिक मोफसलकै उत्कृष्ट ब्रान्ड हो । यसको निरन्तरता र सफलताको लागि कामना गर्दै धेरै कुरा भन्न मन लागेर पनि यो सानो लेखमा पु¥याउन सकिनँ । आगामी दिनमा यसलाई निरन्तरता दिने प्रण गर्दछु ।

अन्त्यमा, प्रतीक दैनिकको वर्तमान डाइनामिक टिम सदस्यहरू शत्रुघ्न नेपाल, विकाश शर्मा, प्रताप श्रेष्ठलगायतले यो पत्रिकालाई आगामी दिनमा अझै उचाइमा पु¥याउनुहुनेछ भन्ने विश्वासका साथ ।

– रामजी बराल
हाल काठमाडौं ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here