काठमाडौं, ३१ साउन/रासस

एशियन कप फूटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ जनामध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् ।
नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतवार दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा अनजना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमीषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हीराकुमारी भुजेल, इन्दिरा राई, मनीषा राउत, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पूजा राना, पूनम जर्घामगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेणुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहेका छन् ।

बन्द प्रशिक्षणबाट रेखा पौडेल, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुषमा तामाङ, सुनीता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, निर्मला उपाध्याय, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी रानामगर र चुमालुङ्मा राई बाहिरिएका छन् ।

नेपालले एशियन कप फूटबल २०२२ को छनोट चरण खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल समूह ‘एफ’मा रहेको छ । सो समूहमा फिलिपिन्स र हड्ढङ रहेका छन् । समूहको शीर्ष टोली एशियन कपका लागि छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here