प्रस, सिम्रौनगढ, ३० साउन/
बाराको सिम्रौनगढनजीक सीमावर्ती भारतको घोडासहनको रजवाडा चोकमा शनिवार सैलुन सञ्चालकलाई अज्ञात व्यक्तिले गोली हानी गम्भीर घाइते बनाएको छ ।
घाइते हुनेमा रजवाडा चोकका सैलुन सञ्चालक नरेश ठाकुर रहेका छन् । आज दुई बजे अज्ञात व्यक्ति गोली हानी फरार भएका थिए ।
गोली ठाकुरको मुखको छेउमा लागेको घोडासहनका राहुल कुमारले बताएका छन् । ठाकुरलाई उपचारको लागि मोतीहारी लगिएको छ ।
घोडासहन प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र सम्भावित ठाउँमा छापामारी भइरहेको जनाएको छ ।