प्रस, वीरगंज, २९ साउन/

पर्सा जिल्लामा ५० हजारले कोभिशिल्ड, भेरोसिल र जानसिन खोपको पूर्ण मात्रा लिएको स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत पशुपति यादवले बताएका छन् ।

उनले कोभिशिल्डको पहिलो र दोस्रो गरी खोपको दुई मात्रा ९ हजार २६४ जना, भेरोसिलको पहिलो र दोस्रो मात्रा ८ हजार १२ जना र जानसिन खोप ३२ हजार ८७८ जना गरी तीन तहको पूर्ण खोप ५० हजार १५४ जनाले लिएको बताएका छन् । उनले कोभिशिल्ड र भेरोसिल दुई मात्रा तथा जानसिनको एक मात्रा मात्र लगाउनुपर्ने भएकोले सोही अनुरूप खोप लगाइएको बताए।

यसैगरी, उनले कोभिशिल्डको पहिलो खोप लिने ३७ हजार १३० जनामध्ये दोस्रो मात्रा ९ हजार २६४ जनाले मात्र लिन सकेको बताए ।

कोभिशिल्डको दोस्रो खोप लिन अहिले २७ हजार ८६४ जना बाँकी रहेको खोप अधिकृत यादवले बताए ।

यसैगरी, भेरोसिलको पहिलो मात्रा ४६ हजार २९७ जनाले लिएको र खोपको दोस्रो मात्रा ८ हजार १२ जनाले मात्र लिएको तथा ३६ हजार २८५ जना खोपको दोस्रो मात्रा लिन बाँकी रहेको उनले जानकारी गराए । कोभिशिल्ड र भेरोसिल गरी अहिले पर्सा जिल्लामा ६४ हजार १५१ जनालाई खोपको दोस्रो मात्रा दिन बाँकी रहेको उनले बताए ।

खोप अधिकृत यादवले तोकिएको समूहलाई खोप दिइरहेको र कार्यालयमा थोरै मात्र खोप सञ्चय रहेको बताए । उनले खोपको ५०–६० मात्रा आकस्मिक कामको लागि राखिएको बताए ।
वैदेशिक रोजगार र अध्ययनका लागि बाहिर जानुपर्ने विद्यार्थीहरूको लागि आकस्मिक खोप राखिएको खोप अधिकृत यादवको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here